भक्तपुरमा बिस्केट जात्राको रौनक

भक्तपुर –आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा चैत्र २७ गतेबाट  सुरु भएको छ।भक्तपुरको टौमढीमा अवस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्केट जात्राको शुभारम्भ गरिन्छ । सो जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने प्रचलन रहेको छ ।

जात्राको प्रारम्भमा टौमढीमा रथ तानिने, चैत मसान्त अर्थात चैत्र ३० गते ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते टौमढीमा भैरवको रथ  तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुसार पूजा गरी यस वर्षको बिस्केट जात्रा सम्पन्न गरिने कार्यक्रम रहेको  छ ।
  यस वर्षको जात्राको सुरुमै तौमढीबाट माथि  (थँने)  र तलका बासिन्दा (क्वँने) बीच रथ तानातान गर्ने क्रममा रथ गहिँटी पुगेर घरमा ठोक्किएर रोकिएपछि तल्लो र माथिल्लो दुवै तर्फबाट ढुङ्गा हानाहान भएको थियो। बिस्केट जात्राको क्रममा हुनसक्ने यस किसिमको  सम्भावित घटना तथा झडपलाई रोक्न यो वर्ष सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस