ललितकलाका प्रतिभा संरक्षणको प्रयास जारी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पछाडि परेका कला, स्थान र प्रतिभा सरक्षणको प्रयास भइरहेको जनाएको छ ।

प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो । कलाको विकास र संरक्षणमा योजनाबद्ध ढंगले प्रदेश, पालिका र सरोकारवालाहरुसँग समन्वय गरेर पछाडि परेका स्थान र क्षेत्रका प्रतिभा तथा कलाको संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी प्रतिष्ठान पदाधिकारीले दिए ।

नेपाली राष्ट्रियता, रैथाने संस्कृति र भौगोलिक प्राकृतिक पर्यावरणको विषय माथि उठाउने योजना रहेको प्रतिष्ठानले जनाएको छ । ‘मौलिकताको संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य अनुरुप प्रतिष्ठानको १० महिने कार्यावधि राजधानी तथा सातै प्रदेशका कलाकारसँग छलफल गरी योजना तयार गर्ने तयारी भइरहेको छ’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, प्रदेशका कामलाई प्रभावकारी र चुस्त बनाउन सातै प्रदेशमा समन्वय समिति बनाइएको प्रतिष्ठानले जनाएको छ ।

कार्यसमितिमा नयाँ नेतृत्व आएपछि राष्ट्रिय ललितकला प्रदर्शनी २०८०, राष्ट्रिय ललितकला सम्मेलन २०८० तथा कला अन्तर्गत सिर्जनात्मक कार्यशाला, प्रशिक्षण लगायतका काम सम्पन्न गरिएको प्रतिष्ठानको प्रगति विवरणमा छ ।

यस्तै, राष्ट्रिय ललितकला प्रदर्शनी, तीनवटा प्रदेशमा कलाकार सम्मेलन कार्यशाला गोष्ठी तथा प्रदर्शनी, केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठान र प्रदेश, पालिकाकामा स्थापित प्रतिष्ठान, परिषद् र समितिको कार्यक्रम पुस महिनाभित्र सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस