कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशि गाउँपालिका वडा न.२ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ बर्षीय भिम बहादुर तामाङलाई शुक्र काठमाण्डाको गोकर्णेश्वर नगरपालिका माकलबारीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

तमाङले  बहादुर तमाङलाई वैदेशिक रोजगारीको लागि कतारमा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्छ, कतारमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, र मासिक रु. एक लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेका थिए । उनले पीडितहरूबाट पटकपटक गरी जम्मा पाँच लाख पच्चीस हजार लिएर सम्पर्क विहीन रहेका थिए ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस