उत्कृष्ट शिक्षाको केन्द्र: काठमाण्डु वर्ल्ड स्कुल

नेपालको राजधानी काठमाण्डु उपत्यकाको भक्तपुर जिल्लामा अवस्थित एक प्रमुख शैक्षिक संस्था हो काठमाण्डु वर्ल्ड स्कुल (Kathmsndu World School) । यस विद्यालयको स्थापनाले नेपाली शैक्षिक क्षेत्रमा एक उच्च गुणस्तरीय शिक्षाको मापदण्ड कायम गरेको छ ।
वि.सं.२०७५ सालमा स्थापना भएको काठमाण्डु वल्र्ड स्कुलले छोटो समयमै अत्यधिक ख्याति कमाएको छ र देशकै उत्कृष्ट विद्यालयहरूमध्ये एक बनेको छ । यस विद्यालयले विशिष्ट श्रेणीको समेत उपाधि पाएको छ । काठमाण्डु वर्ल्ड स्कुलको शैक्षिक दर्शन एकीकृत शिक्षा, विद्यार्थी केन्द्रित सिकाइ, र वैश्विक नागरिकको अवधारणामा आधारित छ । यस विद्यालयको लक्ष्य भनेको विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गराउनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याइ आजको विश्वमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गराउनु हो । विद्यार्थीहरूलाई व्यक्तिगत र शैक्षिक रूपमा सफल बनाउन आवश्यक सीपहरू प्रदान गर्न विद्यालय तल्लीन रहेको छ । विद्यालयले सर्वोत्तम सिकाइ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ, जसमा ज्ञान मात्र होइन, जीवनोपयोगी सीपहरू, नैतिक मूल्यहरू र नेतृत्व क्षमताहरू विकास गरिन्छ । काठमाण्डु वर्ल्ड स्कुलले विद्यार्थीहरूलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी ढङ्गले संलग्न हुन सक्षम बनाउने उद्देश्य राखेको छ । यस विद्यालयले अत्याधुनिक पूर्वाधार र सुविधाहरू प्रदान गर्दछ । विद्यालय परिसरमा विशाल र हराभरा क्षेत्रफल, आधुनिक कक्षाकोठाहरू, अत्याधुनिक विज्ञान प्रयोगशालाहरू (भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान)ले विद्यार्थीहरूलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा प्रोत्साहित गर्ने गरेको पाइन्छ । नवीनतम् कम्प्युटर उपकरण र सफ्टवेयर सुविधाहरूले विद्यार्थीहरूलाई डिजिटल साक्षरता र प्राविधिक सीपहरूमा दक्ष बनाउने कार्यमा विद्यालयले विशेष जोड दिएको छ । विद्यालयले खेलकुद र शारीरिक शिक्षामा विशेष ध्यान दिएको छ । यसका लागि विविध खेल मैदान, इनडोर खेल सुविधा, पौडी पोखरी, आदि उपलब्ध छन् । कला, सङ्गीत, नृत्य, र नाटकका लागि विशेष कक्षहरू जसले विद्यार्थीहरूको सिर्जनात्मकता र सांस्कृतिक चेतना विकास गर्न मद्दत पुर्याउँछ ।
विद्यालयले राष्ट्रिय पाठ्यक्रमलाई आधुनिक र प्रयोगात्मक रूपले प्रस्तुत गर्ने गरेको छ । यसले विद्यार्थीहरूलाई स्थानीय तथा वैश्विक स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउँछ । विद्यालयको शैक्षिक क्रियाकलापले वैज्ञानिक सोच, समस्या समाधानका क्षमताहरू, र सिर्जनात्मकतालाई जोड दिने गरेको छ । विद्यालयले अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै महत्व दिएको छ । विद्यार्थीहरूले विभिन्न क्लबहरू, खेलकुद, कला, सङ्गीत, नृत्य, र नाटकमा सहभागी हुने अवसर पाउँछन् । यसले उनीहरूको प्रतिभा विकास र आत्मविश्वास बढाउने काम गर्छ । अनुभवी शिक्षकहरू अध्यापन गराइने यस विद्यालयमा विद्यार्थीहरूको व्यक्तिगत आवश्यकतामा केन्द्रित शिक्षण र नियमित मूल्याङ्कन प्रणालीलाई प्रमुख महत्व दिइन्छ जसले यस विद्यालयको शिक्षणको गुणस्तर उच्च राख्न मद्दत पुर्याएको छ ।

विद्यालयले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ । यहाँ विद्यार्थीहरूलाई सामुदायिक सेवामा संलग्न गराउने कार्यक्रमहरू सञ्चालन गरिन्छ जसले उनीहरूमा समाजप्रतिको उत्तरदायित्व र सेवा भावनाको विकास गराउँछ । विभिन्न परोपकारी गतिविधिहरू, वातावरणीय संरक्षण अभियानहरू र स्थानीय समुदायसँगको सहकार्यमार्फत् विद्यालयले सकारात्मक सामाजिक प्रभाव पुर्याउने प्रयास गरेको छ ।
काठमाण्डु वर्ल्ड स्कुल नेपालको शैक्षिक क्षेत्रमा एक उदाहरणीय संस्थाको रूपमा स्थापित भएको छ । उत्कृष्ट पूर्वाधार, गुणस्तरीय शिक्षण, विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान र समाजप्रतिको उत्तरदायित्वले यो विद्यालयलाई विशिष्ट बनाएको छ । यस विद्यालयले शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गर्दै नेपाली शिक्षा प्रणालीमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसको व्यापक दृष्टिकोण, नवीनतम् प्रविधिहरूको प्रयोग र अनुभवी शिक्षकहरूमार्फत् विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयत्न गरिरहेको छ । यस विद्यालयको योगदानले नेपालका युवापुस्तालाई सशक्त र सक्षम बनाउँदै उज्ज्वल भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस