योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन मिल्दैन -मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन नहुने बताएका छन् ।

शुक्रबार संस्कृतिविद् एवं साहित्यकार कुलचन्द्र कोइरालाको ३१ औं स्मृति सभा तथा २६ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्ने सबैलाई शुभकामना दिंदै साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘समाजमा योगदान गर्ने व्यक्तिहरुलाई हामीले सम्मान गर्न जान्नुपर्छ ।सम्मानित हुनुभएका सबैलाई धान्यवाद दिन चाहन्छु र आउने दिनहरुमा साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

 

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस