गीत र संगीतमा राजनीति घुम्न थाल्यो -गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हामी राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्नुपर्ने बताए ।

उनले भने, ‘पछिल्लो समयमा गीत, संगीत, कला जे भनेपनि सबै यतिधेरै राजनीतिक गतिविधिको वरिपरि धुम्न थालेको छ । राजनीतिभन्दा पर जान सकिरहेको छैन् । सामाजिक सञ्जालमा पनि यसमै टिप्पणी भइरहेको हुन्छ । त्यसकारण रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्छु भनेर ठान्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्न सकिन्छ । किनकी अझै पनि रेडियोको ठूलो बजार छ ।’

यसका साथै उनले रेडियो चुनौतीपूर्ण भएपनि नयाँ कुराहरुको सुरुवात यहीबाट गर्न सकिने भन्दै नयाँ पुस्ताहरुलाई नयाँ जोशका साथ काम गर्न आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस