विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको चार दिनेप्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौं -आज विश्व हिन्दू महासंघ नेपाल  केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित सनातन हिन्दु धर्मका बहुआयामिक पक्ष एवं भावातीत ध्यान विषयक विशेष चार दिने आवासीय प्रशिक्षण कार्यक्रम दक्षिणकाली  १, स्थित आश्रम महर्षी गुरुकुल ब्रह्मानन्द सरस्वतीग्राम सम्पन्न भयो ।

  
कार्यक्रममा विभिन्न विज्ञद्वारा प्रशिक्षण दिईएको थियो । समावेशी आयोगका प्रमुख डा।रामकृष्ण तिमल्सिना ,प्रा।डा। विणा पौडेल ,संस्कृत विश्व विध्यालयका पुर्व उपकुलपति प्रा।डा। कुल प्रसाद कोईराला,योगि चिन्तामणि , हिन्दु जागरण नेपालका पं।रामकृष्ण उपाध्याय,प्रा।माधव प्रसाद पाण्डेय,डा।गोविन्दशरण  उपाध्याय ,लगायत महर्षि फाउन्डेसन नेपालका अध्यक्ष पुर्व गृहराज्य मन्त्री डा। दिपक प्रकाश बास्कोटा ,विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका अध्यक्ष डा।रामचन्द्र अधिकारी  वरिष्ठ उपाध्यक्ष प्रविन घिमिरे ,उपाध्यक्ष ऋषिकेश जंगशाह महासचिव रामचन्द्र तिवारी लगायतले विभिन्न विधामा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सो कार्यक्रम अवधिभर भावातित ध्यानको शिक्षक मिनराज अधिकारीले प्रशिक्षण दिनुभएको थियोे ।

सनातन हिन्दु धर्मका बहुआयामिक पक्ष एवं भावातित ध्यान कार्यक्रमर्को  उद्घाटन र समापनमा प्रमुख अतिथिका रुपमा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दिपकप्रकाश बास्कोटाले गर्नुभएको थियो,भने विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका प्रशिक्षण विभाग प्रमुख भरतराज पौडेलको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सनातन हिन्दू धर्मका बहुआयामिक पक्ष एवं भावातीत ध्यान विषयक आवासीय प्रशिक्षण कार्यक्रम भाद्र २५देखि २८गतेसम्म  प्रथम दिवसीय अत्यन्तै ज्ञानवर्दक भएको महासचिव तिवारीले बताउनु भयो। 

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस