आयात र निर्यात देखिएको असन्तुलन चाँडै समाधान हुन्छ - मन्त्री भण्डारी

काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात र निर्यात रहेको असन्तुलनलाई सन्तुलनमा ल्याउन सरकारले चाँडै योजना लिएर आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारीणी समितिको पदभार हस्तान्तरण कार्यक्रममा उनले आर्थिक संकुचनका कारण दायित्व थपिएको भन्दै चुलिएको व्यापार घाटा र आयात एवम निर्यातमा रहेको असन्तुलनलाई सन्तुलनमा ल्याउन सरकारले चाँडै योजना लिएर आउने बताएका हुन् ।

उनले भने,‘यतिबेला आर्थिक संकुचन छ । दायित्व थपिएको छ । चाहेको बेला निर्यात अनुदानलाई समयमा दिन सकेको छैनौं । आयात र निर्यात जुन असन्तुलन छ, व्यापार घाटा जसरी चुलिएको छ । यसलाई पनि सन्तुलनमा ल्याउन सरकारले चाँडै योजना ल्याउँछ । त्यसैले आजको लगानीको क्षेत्रमा कुनै अवरोध होला कि भन्ने कुनै दुविधा राख्नुपर्दैन् । त्यसमा यहाँहरुससँग सहकार्य गर्न सरकार तयार छ ।’

मन्त्री भण्डारीले  लगानीका क्षेत्रहरु उत्पादन, उत्पादकत्व वृद्धिमा अहिलेको मौदि«क नीतिले बल पुर्याएको धारणा राखे । अब लगानीको क्षेत्र फैलाएर उत्पादकत्व वृद्धिका लागि तयार हुनुपर्ने बेला आएको उनको भनाई छ ।

उनले अब सिमेन्ट उत्पादक संघको डेडिकेटेड लाइन नकाटिने भन्दै यसमा ढुक्क हुन आग्रह गरे ।  नेपालका उद्योगीहरुलाई विद्युत र बाटो कुनै पनि हालतमा राज्यले पुर्याउने दाबी गरे ।

 

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस