हिम पहिरोका कारण थामे गाउँ प्रभावित

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ । 
हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ ।
दूधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेल समेत बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती छन् तर अहिले सबै घरमा परिवार भने नरहेको प्रहरीले जनाएको छ ।
क्षति विवरण भने संकलन गरिने क्रम जारी रहेकाले घट्ना बारे विस्तृत विवरण  आउन बाँकी छ । 
हिम पहिरोको फुटेर बाढी आएको भनियतापनि के कारण बाढी आयो भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन् । 

 

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस