राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि बेल्जियमका प्रधानमन्त्रीको राजीनामा

ब्रसेल्स, बेल्जियम, जेठ २८ गते ।  आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि वेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले  राजीनामा दिनुभएको छ ।

 
राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पुर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिंदै आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आरटीबीएफको मतदानलाई उद्धृत गर्दै सिएनएनले डि क्रूको ‘ओपन भिएलडी’ पार्टीले युरोपेली संसदमा ५।८ प्रतिशत मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको जनाएको छ ।

आरटीबिएफको सर्वेक्षणले अति दक्षिणपन्थी ‘भ्लामस बेलाङ पार्टी’ र ‘फ्लेमिश नेशनलिस्ट ९एनभिए० पार्टीले क्रमशः १४।८ प्रतिशत र १४।२ प्रतिशत मतका लागि बराबरी रहेको देखाएको छ ।
आइतबार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु रोक्न गाह्रो भएको भन्दै उहाँले उपलब्ध नतिजा आफूले  आशा गरेको नतिजा नभएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस