राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि चाँडै जग्गा उपलब्ध गराउनेछौँ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । 

शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा उनले प्रधानमन्त्रीको पटक पटकको निर्देशन पछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताए ।

बिरामीको खचाखच हुने केन्द्र विस्तारका लागि भक्तपुर र नागार्जुनमा पनि छिट्टै जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको उनको भनाई छ ।

“जग्गा उपलब्ध गराउनका लागि सम्माननीय प्रधानमन्त्रीबाट पटक पटक निर्देशन आइसकेको छ । अब जग्गाको लागि भौँतारिनु पर्ने अवस्था छैन । जग्गाको विषय चाडो भन्दा चाडो टुङ्गोमा पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी राख्दैन ।’’ 

आफू मन्त्री भएर आएपछि चिकित्सा क्षेत्रमा व्यापक सुधारका काम भैरहेको दाबी गरेका उनले  चिकित्सा क्षेत्रको सुधारमा प्रधानमन्त्रीबाट आफूले चाहेको भन्दा धेरै सहयोग पाएको बताए । 

 

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस