इजरायली सेनाद्धारा गाजाका अस्पतालहरूमा लगातार आक्रमण

काठमाडौं । इजरायली सेनाले गाजाका अस्पतालहरूमा लगातार आक्रमण गरिरहेको छ । इजरायली सेनाले कमल अडवान अस्पतालमा आक्रमण गरेको सीएनएनले जानकारी दिनु भएको छ ।  इजरायली सेनाले बुलडोजरले प्यालेस्टिनीको शव कुल्चेको बताइएको छ ।

जसका कारण त्यहाँ कार्यरत धेरै डाक्टरहरू त्रसित पनि भएका छन् । अल जजिराले कमल अडवान अस्पतालको तस्बिर सार्वजनिक गर्दा बुलडोजरका पाङ्ग्राका निशान देखिएको थियो ।

सीएनएनका अनुसार अस्पतालका बालरोग सेवाका प्रमुख होसाम अबू सफियाले भने– सैनिकहरूले चिहान खने र बुलडोजरले शवलाई ताने र बुलडोजरले कुचले । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार इजरायली ट्याङ्कहरूले शाजाइ सहरको ट्युनिसियन कब्रिस्तान र जबलियाको अल–फल्लुजाह कब्रिस्तान सहित छ वटा कब्रिस्तानहरू ध्वस्त पारेका थिए् ।

यस्तै, इजरायली सेनाले हमास र इस्लामिक जिहादसँग सम्बद्ध करिब २ सय प्यालेस्टाइनीलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार हमास र इस्लामिक जिहादका यी सदस्यलाई पछिल्लो ७ दिनमा पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस